close

सिमकोटका डेढ सय घरधुरीको अन्धकारमा बास

सिमकोटका डेढ सय घरधुरीको अन्धकारमा बास

Trulli
ADVERTISEMENT

हुम्ला - हुम्लाको सिमकोट गाउँपालिका वडा- ७ को १ सय ५० घरधुरी चार दिनदेखि अन्धकारमा बस्दै आएका छन् ।


हिल्सा–सिमकोट सडक खण्डको सडक चौडा गर्ने क्रममा डोजरले वडा-७ को चौकेधारामा विद्युत्को पोल ढाल्दा चार दिनदेखि स्थानीय अन्धकारमा बस्नु परेको हो । 


साविकको डाडाँफयाको जबुका, थाया, ओखरेन, चुकेडी र दलित बस्तीका गरी १ सय ५० घरधुरी अन्धकारमा बस्दै आएको स्थानीय मन्दिर सिंहले जानकारी दिए । 


अवरुद्ध विद्युत मर्मत गर्न नेपाल विद्युत् प्राधिकरण कार्यालयमा जानकारी गराउँदा पनि ठेकेदारले सडक चौडा गर्दा पोल ढालेकाले मर्मत गर्न नसकिने जवाफ दिएको सिंह बताउँछन् । 


‘ठेकेदारलाई मर्मतका लागि हारगुहार गर्‍यौं तर सुनुवाइ भएन । प्राधिकरण र ठेकेदारले मर्मतमा चासो नदिँदा अन्धकारमा बस्नुको विकल्प रहेन’, सिंहले भने ।


विद्युत् सेवा अवरुद्ध हुँदा स्थानीयले  सल्लाको दियालो बालेर रात कटाउन थालेका छन् ।