close

वालिङमा तीनै तहका सरकारको बजार अनुगमन

वालिङमा तीनै तहका सरकारको बजार अनुगमन

Trulli
ADVERTISEMENT

स्याङ्जा - स्याङ्जाको वालिङ नगरपालिकामा संघ, प्रदेश, स्थानीय तह, उपभोक्ता हित संरक्षण मञ्च, उद्योग वाणिज्य संघ, प्रहरी र पत्रकारसहितको बजार अनुगमन गरेको छ ।

 

वालिङ बजारमा रहेका खाद्य, मासु, औषधी, फेन्सी पसल, निर्माण सामग्रीलगायतको अनुगमन गरिएको हो । उक्त अवसरमा नगर उपप्रमुख कल्पना तिवारीले नगरपालिकाले नियमित रुपमा बजार अनुगमन गरिरहेको जानकारी दिइन् ।


‘उपभोक्तालाई ठगिन नदिन बजार अनुगमन गरिएको हो । उपभोक्ता आफै पनि सचेत हुनुपर्छ । उपभोक्ता सचेतनाका लागि पम्प्लेट, ब्यानरै बनाएर नगरका विभिन्न ठाउँमा राख्ने तयारी छ’, उपप्रमुख तिवारीले भनिन् । 

 

उपभोक्ता हित संरक्षण मञ्च नेपालले वालिङ नगरपालिकामा सातदिने बजार व्यवस्थापन तथा अनुगमनसम्बन्धी सहजीकरण गरिरहेको छ ।


नगरपालिकालाई सहज होस् भनेरै बजार अनुगमन वार्षिक कार्यतालिकासमेत बनाएको उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रयी उपाध्यक्ष सूर्यबहादुर थापाले जानकारी दिए । ‘मञ्चले वालिङमा बजार व्यवस्थापन, अनुगमन ऐन एवं नियमावली बनाउन सहजीकरण गरेको छ’, थापाले भने ।


अनुगमनका क्रममा पसल नवीकरण, दर्ता प्रक्रिया, सरसफाइमा भएको कमी सुधार्न व्यापारीलाई अनुरोध गरिएको उपप्रमुख तिवारीले बताइन् ।