close

गुणस्तरहीन खाद्य सामग्री बेच्ने व्यापारीविरुद्ध अदालतमा मुद्दा 

गुणस्तरहीन खाद्य सामग्री बेच्ने व्यापारीविरुद्ध अदालतमा मुद्दा 

Trulli
ADVERTISEMENT

डडेल्धुरा- खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डडेल्धुराले ५ जना व्यापारीविरुद्ध जिल्ला अदालत डडेल्धुरामा मुद्दा दायर गरेको छ । नागरिकको स्वास्थ्यमा असर पार्ने खाद्यपदार्थ बिक्री गरेको भन्दै उनीहरूविरुद्ध मुद्दा दर्ता भएको हो ।

 

खाद्य कार्यालयले खाद्य ऐन, २०२३ अनुसार अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिल कार्यालय, डडेल्धुराको राय निर्णयअनुसार मुद्दा दायर गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डडेल्धुराका प्रमुख गणेशदत्त जोशीले बताए ।


प्रमुख जोशीका अनुसार अमरगढी नगरपालिका वडा नम्बर ५ बागबजारस्थित निर्मला खुद्रा किराना पसललाई गुणस्तरीन चनाको दाल बिक्री गरेको अभियोगमा मुद्दा दायर गरिएको छ भने वडा नम्बर ५ बागबजारकै मदन प्रकाश किराना पसललाई पनि गुणस्तरहीन गहत गेडा बिक्री गरेको अभियोगमा मुद्दा दायर गरिएको छ ।

 

यस्तै, नगरपालिकाको वडा नम्बर ५ बगरकोट रोडस्थित भागेश्वर स्टोरलाई गुणस्तरहीन धनिया गेडा, वडा नम्बर ४ कै खलंगास्थित रावल किराना पसललाई चामल र वडा नम्बर ५ को बागबजारस्थित ओमबाबा स्टोरलाई गुणस्तरहीन खाद्यपदार्थ मटर गेडा बिक्री गरेको अभियोगमा अदालतमा मुद्दा दायर गरिएको हो ।

 

खाद्य ऐनमा दूषित वा न्यून गुणस्तरको खाद्यपदार्थ बिक्री वितरण गरे, ढाँटेर वा झुक्याएर खाद्यपदार्थको स्वाभाविक गुण कमसल भएको खाद्यपदार्थ बिक्री गर्नेलाई ५ वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिमाना वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको प्रमुख भट्टले बताए ।