close

महसुल नुबझाउने तुलसीपुर उपमहानगरपालिकाको बिजुली काटियो

९० लाख रुपैयाँ बक्यौता रहेको प्राधिकरणको दाबी

महसुल नुबझाउने तुलसीपुर उपमहानगरपालिकाको बिजुली काटियो

९० लाख रुपैयाँ बक्यौता रहेको प्राधिकरणको दाबी

Trulli
ADVERTISEMENT

समयमा बिजुलीको महसुल नतिर्ने तुलसीपुर उपमहानगरपालिका कार्यालयको विध्युतको लाइन काटिएको छ ।

 

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख ज्ञानबहादुर फर्सालका अनुसार उपमहानगरपालिकाले चार महिनादेखि कार्यालयको तथा लामो समयदेखि सडक बत्तीको बक्यौता रकम बुझाएको थिएन ।

 

चार महिनाको महसुल करिब डेढ लाख रपैयाँ छ भने सडक बत्तीको ८० लाख रुपैयाँ बक्यौता छ । त्यसमाथि झन्डै १० लाख रुपैयाँ जरिवाना समेत जोड्दा कूल ९० लाख रुपैयाँ बक्यौता रहेको प्राधिकरणले जनाएको छ ।

 

पटक-पटक विद्युत् महसुल बुझाउन ताकेता गर्दा समेत वास्ता नगरेपछि बिद्युत लाइन काट्न बाध्य भएको केन्द्र प्रमुख फर्सालले बताए। उनले उपमहानरपालिका जस्तो सरकारी कार्यालयले ताकेता पत्रको प्रतिक्रिया दिएर महसुल तिर्ने प्रतिबद्धता मात्रै जनाएको भए पनि लाइन नै काट्न पर्ने अवस्था नआउने बताए । विद्युत् वितरण केन्द्रले उपमहानगरपालिकाले सडक बत्ती र कार्यालयको महसुल नबुझाएसम्म अब बिजुली जडान नगर्ने समेत दाबी समेत गरेको छ ।

 

उता उपमहानगरपालिकामा भने बिजुलीको अभावमा सेवा प्रवाह नै प्रभावित बनेको छ । उपमहानगरपालिकाका सूचना अधिकारी बाबुराम न्यौपानेका अनुसार अहिले  जेनेरेटर चलाएर बल्लतल्त काम चलाइएको छ । तर, सधैँ यसरी जेनेरेटर प्रयोग गर्न सकिने अवस्था नरहेको तथा यो समस्या कानुनी रुपमा पनि जटिल रहेको सूचना अधिकारी न्यौपानेले बताए।

 

‘सङ्घीय सरकारले हाम्रो सडक भन्छ, सङ्घीय सरकारको सडकमा बालिएका बत्तीको हामीले महसुल तिर्नुपर्ने रु, उनको प्रश्न छ, ‘यो विषयमा पटक-पटक छलफल पनि भएको हो, तर आज आएर लाइन काटेछन् ।’

 

संघीय सरकारले स्थानीय तहमा संरचना निर्माण गर्दा स्थानीय निकायलाई कर नतिर्ने तर, त्यही संघीय सरकारले जाडेको बत्तीमा स्थानीय तहले महसुल तिर्नुपर्छ भन्ने कुरा अमिल्दो भएको समेत उनले बताए।

 

उनले मुख्य सडकमा राखिएका सडक बत्तीहरू सङ्घीय सरकार र प्रदेश सरकारले हेर्ने तथा सहायक सडकमा जडान गरिएका बत्ती मात्रै स्थानीय सरकारको मातहतमा रहने हुँदा महसुल बुझाउन समस्या भएको समेत बताए।

 

तुलसीपुर विद्युत् वितरण केन्द्रले केही समययता व्यक्तिगत तथा संस्थागत समेत गरी एक हजार दुई सय ग्राहकको लाइन काटिसकेको छ ।