close

सरकारले पेट्रोलियम पदार्थमा १० रुपैयाँ कर घटाउने

सरकारले पेट्रोलियम पदार्थमा १० रुपैयाँ कर घटाउने

Trulli
ADVERTISEMENT

काठमाडौँ । तीव्र विरोधपछि सरकारले पेट्रोलियम पदार्थ लगाउँदै आएको करको दर घटाउने भएको छ ।

 

मन्त्रिपरिषद्को गत मंगलबारको निर्णयअनुसार  पेट्रोलियम पदार्थमा हाल कायम भन्सार शुल्क र पूर्वाधार शुल्क गरी घटीमा १० रुपैयाँ कर घटाउन लागिएको हो । सरकारको निर्णय अनुसार हाल कायम विभिन्न शीर्षकमा कर घटाएर १० रुपैयाँ घटाउने गरी अर्थ मन्त्रालयले सैद्धान्तिक सहमति समेत दिएको छ ।

 

यद्यपि, कुन शीर्षकमा कति कर घटाउने भन्ने निर्णय भइसकेको छैन । सरकारले हाल उठाउँदै आएको बुढी गण्डकी जलविद्युत आयोजनाको नाममा अतिरिक्त प्रतिलिटर १० रुपैयाँ पूर्वाधार कर र भन्सार शुल्कबाट कर घटाउने गृहकार्य गरिरहेको छ ।

 

हाल सरकारले भन्सार विन्दुमा नै पेट्रोलमा प्रतिलिटर २५ रुपैयाँ २३ पैसा तथा डिजेल र मट्टितेलमा १२ रुपैयाँ २ पैसा करसँगै पूर्वाधार शुल्क बापत प्रतिलिटर १०-१० रुपैयाँ उठाइरहेको छ ।

 

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै सोको प्रभाव नेपालमा इन्धनको मूल्य आकासिन पुगेको छ । पेट्रोलियम पदार्थमा भइरहेको मूल्य वृद्धिको व्यापक विरोध हुन थालेपछि सरकारले यस्तो नीति लिएको हो ।