close

कर्मैया खानेपानीका अध्यक्ष भन्छन्– ‘...चकित भएँ, जग्गा खोज्दैछु’

पालिका खबरसँग अध्यक्ष काफ्लेले भने, ‘समितिको सम्पत्तिको खोजी र सुरक्षा गर्ने दायित्व अब हाम्रै हो ।’

कर्मैया खानेपानीका अध्यक्ष भन्छन्– ‘...चकित भएँ, जग्गा खोज्दैछु’

पालिका खबरसँग अध्यक्ष काफ्लेले भने, ‘समितिको सम्पत्तिको खोजी र सुरक्षा गर्ने दायित्व अब हाम्रै हो ।’

Trulli
ADVERTISEMENT

सर्लाही । बागमती नगरपालिकाभित्रका करिब ३ हजार घरधुरीमा खानेपानी वितरण गर्दै आइरहेको कर्मैया खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले भोगचलन गर्दै आएको जग्गाको भोगाधिकारको विषयले यतिबेला चर्चा पाइरहेको छ । 

समितिको १५औं वार्षिक साधारणसभासँगै समितिमा नयाँ नेतृत्व आएको छ । निर्वाचित समितिका पदाधिकारीहरू समितिको आन्तरिक विषय थाहा पाएर अहिले चकित परेका छन् । करिब २ करोडको बजेट भएको समितिको आफ्नो भनिएको जग्गा नै आफ्नो नभएको थाहा पाएपछि नयाँ कार्यसमिति चकित परेका हुन् । 

बागमती नगरपालिका-१२ का स्थानीय शंकरराज मास्केले समितिका लागि आफ्नो ११ नम्बर वडामा रहेको जमिन दान गरेका थिए । तर, दान गरेको जति जमिन समितिका नाममा नदेखिएको नवनिर्वाचित अध्यक्ष हरिराम काफ्लेले बताए । 

‘मैले आजै शपथ ग्रहण गरेँ, समितिको अध्यक्ष भएपछि दायित्व र सम्पत्तिका बारेमा चासो त राख्नुपर्‍यो नि !’ पालिका खबरसँग अध्यक्ष काफ्लेले भने, ‘समितिको सम्पत्तिको खोजी र सुरक्षा गर्ने दायित्व अब हाम्रै हो ।’

समितिले हाल १५ कठ्ठाभन्दा बढी जमिन भोगचलन गर्दै आए पनि समितिको नाममा भने सो जग्गा देखिंदैन । समितिको छैठौं अध्यक्षका रुपमा भर्खरै शपथ खाएका हरिराम काफ्ले आफैंले पनि बागमती नगर अस्पताल निर्माणका लागि ५ कठ्ठा जग्गा दान गरेका थिए । संस्थागत सम्पत्तिको महत्त्वबारे आफू राम्रो जानकार भएको भन्दै अध्यक्ष काफ्लेले भने, ‘समितिको सम्पत्ति खोजबिन गरी सुरक्षा गर्नेछु ।’