close

बजार अनुगमनमा काठमाडौं महानगर

बजार अनुगमनमा काठमाडौं महानगर

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सु्नीता डंगोलको नेतृत्वको टोलीले बजार अनुगमन गरेको छ ।

मंगलवार महानगरपालिकाकी उपमेयर नेतृत्वको टोलीले  टुकुचास्थित तरकारी बजार, खाद्यन्न पसल र मासु पसल र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको स्टोरहरूमा अनुगमन गरेको हो । 

टोलीले महानगरभित्र रहेको भित्रि पसलहरूमा गएर सामानको बिल, रजिस्ट्रेसन गरे-नगरेको सामानको उत्पादन मितिको  जाँच गरेको थियो ।

बजार अनुगमनका क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपमेयर डंगोलले बजारमा अखाद्य वस्तु धेरै बेचिरहेको पाइएको बताइन्। उनले कतिपयलाई दर्ता गराउने कुराहरु नै थाहा नभएको र उनीहरुलाई सचेत गराइएको बताइन् ।