close

म्याद गुज्रेका सामान जफत, सरसफाइमा ध्यान दिन निर्देशन

म्याद गुज्रेका सामान जफत, सरसफाइमा ध्यान दिन निर्देशन

Trulli
ADVERTISEMENT

कपिलवस्तु- शिवराज नगरपालिकाले इलाका प्रशासन कार्यालयसँगकझ समन्वयमा बजार अनुगमन तीव्र बनाएको छ । 

बजार अनुगमज टोलीले चन्द्रौटा बजारका दुई दर्जनभन्दा बढी पसलमा अनुगमन गर्दा मूल्य सूची नराखेको र म्याद गुज्रेका समान बिक्री गरिएको पाइएको हु्ँदा जफत गरिएको नगरपालिकाले जनाएको छ ।  

बजारमा रहेका किराना पसल, मिठाई पसल, होटेल, दूध डेरी, औषधिलगायतमा अनुगमन गरेको नगरप्रमुख अजय थापाले बताए । अनुगमन टोलीले मूल्य सूची, साइनबोर्ड, व्यवसाय दर्ता तथा नवीकरण, नापतौल सामग्रीको अवस्था, स्थायी लेखा नम्बर, भ्याटमा दर्ता पत्र लगायतबारे जानकारी लिएको थियो। 

अनुगमन टोलीमा शिवराज नगरपालिकाका मेयर अजय थापा, उपमेयर शिवकुमारी थारु, प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेल, इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख, उद्योग वाणिज्य सङ्घका अध्यक्ष ईश्वरी पाण्डेलगायतको उपस्थिति थियो ।