close

काठमाडौं महानगरको एक्सन : प्रशोधित पानीमा किरा भेटिएपछि लाख जरिवाना

काठमाडौं महानगरको एक्सन : प्रशोधित पानीमा किरा भेटिएपछि लाख जरिवाना

Trulli
ADVERTISEMENT

काठमाडौं- काठमाडौं महानगरपालिकाले सिलबन्दी गरिएको मिनिरल वाटरमा किरा भेटिएको भन्दै ए एण्ड बि वेभरेज इन्ड्रस्टिजलाई जरिवाना तिराएको छ ।

प्रशोधित पानीमा किरा भेटिएपछि महानगरपालिकाको अनुगमन टोलीले कागेश्वरी मनोहरा-६ स्थित सो इन्ड्रस्टिजलाई एक लाख रुपैयाँ जरिवना तिराइएको निरीक्षण अधिकृत डा. पूजा खनालले बताइन् । काठमाडौं महानगरपालिका क्षेत्रमा बेच्न राखिएको पानीमा किरा भेटिएकाले जरिवाना गरिएको महानगरपालिकाले उल्लेख गरेको छ । 

बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा ३० को घ अनुसारको एक लाख रुपैयाँ जरिवाना तिराइएको महानगरपालिकाले जनाएको छ । 

साथै महानगरपालिकाले ल्यावको परीक्षण निर्देशनअनुसार मात्र पानी उत्पादन गर्न र निर्मलीकरणमा सजगता अपनाउन निर्देशन दिएको छ ।