close

लेटाङ बजारमा नेपाल-बंगलादेश बैंकको विस्तारित सेवा केन्द्र

लेटाङ बजारमा नेपाल-बंगलादेश बैंकको विस्तारित सेवा केन्द्र

Trulli
ADVERTISEMENT

काठमाडौं- नेपाल–बंगलादेश बैंकले मोरङको लेटाङ नगरपालिकास्थित बुधबारे बजारमा विस्तारित सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । विस्तारित सेवा केन्द्र उद्घाटन प्रदेश १ मोरङ ‘ख’ का प्रदेश सांसद उपेन्द्र घिमिरेले गरे । 


बुधबारे बजार लेटाङ नगरपालिका वडा नम्बर  १, २ र ३ तथा केराबारी गाउँपालिका वडा नम्बर ९ को केन्द्रको रूपमा स्थापित भई बैंकिङ पहुँचबाट टाढा रहेको अवस्थामा नगरपालिकाको आग्रह र ग्रामीण भेगमा वित्तीय पहुँच पुर्‍याउने उद्देश्यले सेवा केन्द्र सञ्चालनमा ल्याइएको बैंकले बताएको छ ।


विस्तारित सेवा केन्द्रबाट चेक क्लियरिङ, सामाजिक सुरक्षा भत्ता, शिक्षक एवं कर्मचारीको तलबी खाता सञ्चालनलगायत सेवा उपलब्ध हुने बैंकले बताएको छ ।


बैंकले हाल ९९ शाखा, ८ एक्सटेन्सन काउन्टर तथा ८२ एटीएममार्फत बैंकिङ सुविधा दिँदै आएको छ ।