close

ग्लोबल आइएमई बैंक–एनसेल सहकार्य

ग्लोबल आइएमई बैंक–एनसेल सहकार्य

Trulli
ADVERTISEMENT


काठमाडौं– ग्लोबल आइएमई बैंक र मोबाइल सेवाप्रदायक कम्पनी एनसेलबीच सम्झौता भएको छ । बैंकको ग्लोबल सहयात्री रेमिट्यान्स बचत खातावाल ग्राहकलाई ब्यालेन्स र मोबाइल बैंकिङ एप्लिकेसन ग्लोबल स्मार्ट प्लस डाटासहितको सहयात्री सिमकार्ड सित्तैमा उपलब्ध गराउन दुवै संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।


समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्य र एनसेलका कार्यकारी निर्देशक एन्डी चोङले हस्ताक्षर गरे । सम्झौताअनुसार वैदेशिक रोजगारीका लागि विदेश जाने, वैदेशिक रोजगारीबाट फर्किएका नेपाली एवं तिनका परिवार र बाह्य रेमिट्यान्समार्फत आय भएका नेपालीले बैंकमा ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता खोली निःशुल्क सहयात्री सिमकार्ड प्राप्त गर्न सक्नेछन् । 


उक्त सहयात्री सिममा ग्लोबल स्मार्टप्लस प्रयोग गर्न २५० एमबी डाटा प्याक निःशुल्क उपलब्ध हुनेछ । सहयात्री सिमकार्डमा २० रुपैयाँको मेन ब्यालेन्स, एनसेल नेटवर्कभित्र फोन गर्न २० मिनेटको टकटाइम, २० वटा एसएमएस तथा २०० एमबी डाटा प्राप्त हुनेछ । 


सिम सुचारु गरिएको २ दिनभित्र १०० वा सोभन्दा माथिको रिचार्जमा १०० मिनेट एनसेल टकटाइम तथा १०० एमबी डाटा सेवाग्राहीले पाउनेछन् । सहयात्री सिमकार्ड प्रयोगकर्ताले १ वर्षसम्म हरेक पटक रिचार्ज गर्दा १० प्रतिशत बोनस तथा भारत, मलेसिया एवं मध्यपूर्वी राष्ट्रमा फोन गर्दा अतिरिक्त छुट प्राप्त गर्न सक्ने दुवै संस्थाले बताएका छन् । 


हाल बैंकले २८१ शाखा, २५१ एटीएम, २६० शाखारहित बैंकिङ, ४८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।