close

टाटा मोटर्सको बजार हिस्सा १३.७ प्रतिशत पुग्यो 

टाटा मोटर्सको बजार हिस्सा १३.७ प्रतिशत पुग्यो 

Trulli
ADVERTISEMENT

काठमाडौं–टाटा मोटर्सले अक्टोबर २०२१ मा ३३,९२६ युनिट गाडी उत्पादन गरी गरी बिक्रीमा नयाँ उपलब्धि हासिल गरेको छ । गत वर्ष यही अवधिमा २३,६०० युनिट्सको तुलनामा ४४ प्रतिशतले वृद्धि भएको थियो । 


अघिल्लो महिना अर्थात् सेप्टेम्बर २०२१ को तुलनामा २५,७२७ युनिट्ससहित ब्रान्डले भारतमा ३२ प्रतिशत वृद्धि गरेको छ । कम्पनीले एक दशकभन्दा बढी समय ब्रान्डका लागि काम गरिरहँदा सन् २०२० को यही अवधिमा सबैभन्दा धेरै ७.४ प्रतिशत प्रगति हासिल गरेको थियो ।


अहिले ६.४ प्रतिशतको वृद्धि थपेर घरेलु निर्माताले अघिल्लो महिना १३.७ प्रतिशत बजार हिस्सा बढाएको छ ।  कम्पनीले लगातार ३ अंकको बिक्री वृद्धि गरिनुलाई ठूलो उपलब्धि मानेको छ । कम्पनी अघिल्लो महिना सबै कार निर्माताबीच ६.४ प्रतिशतको बजार हिस्सेदारी वृद्धि गर्दै मारुती, सुजुकी र हुन्डाईपछि समग्र बिक्री तालिकामा तेस्रो स्थानमा रहन सफल भएको छ ।


टाटाले केही सातापहिले बजेटमैत्री पन्च माइक्रो एसयुभी बजारमा बिक्री सुरु गरिसकेको छ । यसले मासिक बिक्री–चार्टमा लामो समयसम्म दोस्रो स्थानमा रहेको हुन्डाईस“गको बिक्री अन्तरलाई घटाउन मद्दत गर्ने अपेक्षा कम्पनीको छ ।


अहिले सुरक्षा रेटिङमा फाइभ–स्टार ग्लोबल एनक्याप प्राप्त सबैभन्दा किफायतीे कार पन्चलाई मानिएको छ । यो १.२ लिटर थ्री–सिलिन्डर रेभोट्रोन इन्जिनद्वारा सञ्चालित छ, जसले ८६ पीएस म्याक्सिमम पावर र ११३ एनएम पिक टर्क दिन्छ । यो कारमा स्ट्यान्डर्डका रूपमा फाइभ स्पिड म्यानुअल ट्रान्समिसन र विकल्पका रूपमा फाइभ स्पिड एमटी जडान गरिएको छ ।

 

अल्ट्रोज, नेक्सन र टियागोले पनि लगातार बिक्री बढाउँदै नयाँ रेकर्ड कायम गरिरहेको कम्पनीले दाबी गरेको छ । यो वर्षको सुरुमा टाटाले थ्री–रो सफारी लन्च गर्‍योे, जसमा डार्क एडिसनका कारण लाइनअपमा चमक थपिएको छ । नेक्सन–ईभी भारतमा सबैभन्दा अधिक बिक्री हुने कार हो, जसले शून्य उत्सर्जन गर्छ ।
नेपालमा टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ कम्पनी हो ।