close

एनआईसी एशिया बैंकको एटिएम कार्डबिनै रकम झिक्ने सुविधा

एनआईसी एशिया बैंकको एटिएम कार्डबिनै रकम झिक्ने सुविधा

Trulli
ADVERTISEMENT

काठमाडौं– एनआईसी एशिया बैंकले एनआईसी एशिया मोबैंक एप प्रयोग गरी एटीएमबाट कार्डबिनै नगद रकम झिक्न सकिने सुविधा सुरु गरेको छ । बैंकमा खाता खोली मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले देशभर रहेका ४७३ वटा एटीएमबाट यो सेवा प्रयोग गरी जुनसुकै समयमा नगद निकाल्न सक्नेछन् ।


यो सुविधा प्रयोग गर्न बैंकको एनआईसी एशिया मोबैंक प्रयोगकर्ताले एपभित्र रहेको कार्डलेस वीथड्र आइकनमा ट्याप गरेर त्यसभित्र आफूले निकाल्न चाहेको रकम उल्लेख गर्नुपर्नेछ । 


त्यसपछि ट्रान्जेक्सन पिन वा फिंगर प्रिन्ट राखेर प्रमाणित गरेपछि बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा ओटीपी प्राप्त गर्न सकिने बैंकले बताएको छ । सोही ओटीपी एटीएमको स्क्रिनमा रहेको कार्डलेस ट्रान्जेक्सनभित्र गई आफूले निकाल्न चाहेको रकम पुनः उल्लेख गरी वीथड्र आइकनमा थिचेपछि इच्छाएको नगद रकम प्राप्त हुनेछ ।

 

डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै आएको बैंकले हाल ३५८ शाखा, ४७३ एटीएम, ६८ वटा विस्तारित काउन्टर एवं ८१ शाखारहित इकाइमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।