close

आईएमई लाइफको च्याटबोट परिमार्जित

आईएमई लाइफको च्याटबोट परिमार्जित

Trulli
ADVERTISEMENT

काठमाडौं– आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ग्राहक अनुरोधमा आफ्नो च्याटबोटलाई नयाँ स्वरूपमा परिमार्जित गरेको छ । आईएमई लाइफ डाइरेक्टको नामबाट नयाँ स्वरूपमा आएको च्याटबोटले पहिलेभन्दा अझ बढी र गुणस्तरीय सेवा ग्राहक, अभिकर्ता तथा सर्वसाधारणलाई दिने विश्वास कम्पनीको छ ।


लाइफ इन्स्योरेन्स कम्पनीमध्ये च्याटबोटमार्फत सर्वप्रथम सेवा दिने पहिलो कम्पनी आईएमई लाइफले एक वर्ष पहिले च्याट बोट सेवा उपलब्ध गराएको हो । एक वर्षमा प्रविधिमा आएको परिवर्तन एवं सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राखी थप सुविधासहित प्रविधिमैत्री परिमार्जित च्याटबोट ल्याइएको कम्पनीले बताएको छ ।


थप सुविधा दिन तथा प्रविधिमैत्री बनाउन च्याटबोटमा आर्टिफिसियल इन्टेलिजेन्स तथा डिजिटल प्रविधि अपनाएर एपमा समेत चल्ने र सुविधा दिन सक्ने बनाइएको छ ।


बितेको एक वर्षमा दैनिक औसतमा ४५० जनाले च्याटबोट प्रयोग गरेको कम्पनीले बताएको छ । हालसम्म आएका झन्डै १ लाख ७० हजार प्रश्न च्याटबोटद्वारा समाधान गरिएको कम्पनीले जनाएको छ ।