close

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा मह जोडी 

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा मह जोडी 

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नियुक्त भएका छन् । मंगलबार कम्पनीले मह जोडीलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो । टेलिकमको भद्रकालीस्थित केन्द्रीय कार्यालयमा ब्रान्ड एम्बेसडरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको टेलिकमले बताएको छ । 

 

सम्झौतामा टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी तथा कलाकारद्वय श्रेष्ठ र आचार्यले हस्ताक्षर गरे । मह जोडीलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरिएपछि बजार विस्तारले थप उचाइ छुने विश्वास कम्पनीको छ ।

 

टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले कम समयमै आकर्षणसहित उपलब्ध भइरहने कम्पनीका विभिन्न सेवा–सुविधाबारे नागरिकलाई समयमै सुसूचित गराउन ब्रान्ड एम्बेसडरको भूमिका सहयोगी हुने बताए । सम्झौतापछि ब्रान्ड एम्बेसडरद्वयले टेलिकमका सेवाको प्रचार, ब्रान्ड प्रवद्र्धनलगायतमा सहभागिता जनाउनेछन् ।