close

टेलिकमको सजिलो अनलिमिटेड पोस्टपेड प्याक 

टेलिकमको सजिलो अनलिमिटेड पोस्टपेड प्याक 

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाल टेलिकमले सेवाग्राहीको सुविधाका लागि ल्याएको ‘सजिलो अनलिमिटेड पोस्टपेड प्याक’ लोकप्रिय बनिरहेको बताएको छ । दैनिक प्राप्त हुने प्याक सकिए पनि थप शुल्कबिनै प्याकेज अवधिभरि टेलिकमको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस कल गर्न सकिन्छ । 

 


त्यसैगरी प्याकमा उपलब्ध डेटा लिमिट सकिएपछि प्याकेजको बाँकी अवधिभरि ६४ केबिसपिएसको स्पिडमा निःशुल्क डेटा चलाउन सकिन्छ । प्याक अवधिभरि ग्राहकले आफ्नो आवश्यकताअनुसार थप सुविधा प्राप्त गर्न चाहे एड अन प्याकसमेत खरिद गरी चलाउन सक्छन् । 

 


सजिलो अनलिमिटेड प्याकअन्तर्गत पोस्टपेडमा ५९९, ७९९, ९९९ र १४९९ रुपैयाँका प्याक उपलब्ध छन् । सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफरअन्तर्गत ३० दिनसम्म चलाउन मिल्ने गरी अनलिमिटेड अननेट (टेलिकमको नेटवर्कमा कल गर्न सकिने) भ्वाइस सेवा उपलब्ध हुनेछ ।

 


सजिलो अनलिमिटेड पोस्टपेड ७९९ अफरअन्तर्गत जम्मा ७९९ रुपैयाँमा अनलिमिटेड अननेट भ्वाइस सेवा, प्रतिदिन १ जिबीका दरले ३० दिन प्रयोग गर्न सकिने ३० जिबी डेटा, २०० वटा अननेट सन्देश, ५० मिनेट अफ नेट भ्वाइस (अन्य नेटवर्कमा समेत कल गर्न सकिने) र ५० वटा अफ नेट सन्देश पठाउने सुविधा उपलब्ध हुनेछ । 

 


सजिलो अनलिमिटेड पोस्टपेड ९९९ अफरअन्तर्गत जम्मा ९९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस र ४०० वटा अननेट सन्देश पठाउने सुविधा, प्रतिदिन २ जिबीका दरले ३० दिनसम्म प्रयोग गर्न सकिने ६० जिबी डाटा, १०० मिनेट अफ नेट भ्वाइस र १०० वटा अफ नेट सन्देश पठाउन सकिन्छ । 

 

सजिलो अनलिमिटेड पोस्टपेड १४९९ अफरअन्तर्गत १४९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस, १००० वटा अननेट सन्देश पठाउने सुविधा, प्रतिदिन ४ जिबीका दरले ३० दिन प्रयोग गर्न सकिने १२० जिबी डेटा, २०० मिनेट अफ नेट भ्वाइस र २०० वटा अफ नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध हुनेछ । 

 


उल्लिखित सबै प्याक लिँदा जिएसएम पोस्टपेडमा लागू हुने रेन्टल चार्जबापतको ३८४ रुपैयाँसमेत जोडेर प्याक लिन सकिने टेलिकमले बताएको छ । उपलब्ध प्याकेजअनुसार प्रतिदिन १ जीबी, २ जीबी र ४ जीबी प्रयोग गर्न सकिने डेटा सकिए प्याकेजको बाँकी अवधिभरिका लागि सस्तो दरको एड अन प्याक खरिद गर्न सकिन्छ ।

 


यसअन्तर्गत २९९ रुपैयाँमा प्रतिदिन १ जिबीका दरले ३० दिनसम्म उपयोग गर्न सकिने ३० जिबी डेटा सेवा एड अन प्याकका रूपमा खरिद गर्न सकिनेछ ।  प्रतिदिन प्रयोग गर्न सकिने १ जिबी डेटा सकिए ६४ केबिपिएसको निःशुल्क अनलिमिटेड डाटा सेवा भने उपलब्ध हुनेछ । 

 

यदि ग्राहकले ६४ केबिपिएसभन्दा बढी गतिको डाटा सेवा प्रयोग गर्न चाहे ३० रुपैयाँमा १ जिबी, ४० मा २ जिबी र ५० मा ३ जिबी डेटा २४ घन्टाभित्र प्रयोग गर्न मिल्ने एडअन प्याकका रूपमा खरिद गर्न सकिन्छ ।  यसैगरी अटम अफरमा ग्राहकले ३० दिनसम्म प्रतिदिन १ जिबी प्रयोग गर्न सकिने ३० जिबी डेटा सेवाको प्याक ५९९ रुपैयाँमा खरिद गर्न सकिन्छ । यो अफर खरिद गरेपछि ग्राहकले सुलभ दरमा भ्वाइस सेवा पनि लिन चाहे २९९ रुपैयाँमा ३० दिनसम्म अनलिमिटेड प्रयोग गर्न सकिने एडअन प्याक खरिद गर्न सकिने टेलिकमले जनाएको छ । 

 


यो प्याकेजमा पनि प्रतिदिन प्रयोग गर्न सकिने १ जिबी डेटा सकिए ६४ केबिपिएस अनलिमिटेड डेटा सेवा प्याकेजको बाँकी अवधिभरि निःशुल्क उपलब्ध हुनेछ ।  योभन्दा बढी गतिको सेवा लिन चाहे ३० रुपैयाँमा १ जिबी, ४० मा २ जिबी र ५० मा ३ जिबी डाटा २४ घन्टाभित्र प्रयोग गर्न सकिने गरी एडअन प्याकका रूपमा खरिद गर्न सकिनेछ । 

 

सजिलो अनलिमिटेड प्रिपेड ५९९ प्याकमा जम्मा ५९९ रुपैयाँमा प्रतिदिन १ जिबीका दरले २८ दिन प्रयोग गर्न सकिने २८ जिबी डाटा उपलब्ध हुनेछ । यो प्याक लिएका ग्राहकले अनलिमिटेड भ्वाइस सेवा लिन चाहे २९९ मा २८ दिनसम्म प्रयोग गर्न सकिने एडअन प्याक खरिद गर्न सकिने टेलिकमले बताएको छ ।