close

प्रतिभा वैद्यलाई टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी

प्रतिभा वैद्यलाई टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायब प्रबन्ध निर्देशक प्रतिभा वैद्य नियुक्त भएकी छन् । सञ्चार मन्त्रालयबाट प्रबन्ध निर्देशकको पदका लागि दरखास्त आह्वान भए पनि हाल सो प्रक्रिया सम्पन्न हुन सकेको छैन । मन्त्रालयको पत्रानुसार वैद्यलाई प्रबन्ध निर्देशक तोकिएको हो ।

 

 

वैद्यले कम्पनीको नायब प्रबन्ध निर्देशकको रूपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन् । मंगलबारदेखि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्ने छन् ।