close

१४ वर्षीया बालिकाको बलात्कार,  दुई जना पक्राउ

१४ वर्षीया बालिकाको बलात्कार,  दुई जना पक्राउ

Trulli
ADVERTISEMENT

सल्यान । सल्यानको कुमाख गाउँपालिका-१ की १४ वर्षीया बालिका सामूहिक बलात्कारमा परेकी छन्। उनीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले जाजरकोटका दुई जनालाई पक्राउ समेत गरेको छ।

पक्राउ पर्नेमा जाजरकोट भेरी नगरपालिका १२ का २२ वर्षीय रमेश भण्डारी र २० वर्षीय डिल्ली बस्नेत छन्। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार गत असार २२ गते बुधबार राति ११ बजे एक नाबालिग बालिकालाई दुई जनाले जबरजस्ती करणी गरेर फरार भएको उजुरीपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

बालिका आफ्नो घर नजिकै रहेको ठुलीआमाको घरमा सुतेको अवस्थामा कोठामा गएर ती दुई जनाले जबरजस्ती करणी गरेको बताइएको छ । घटना लगतै बालिकाले हारगुहार गरेपछि परिवारले राति नै प्रहरीलाई खबर गरेको थियो।

घटनास्थल सल्यान र जाजरकोटको सिमाना भएकाले ओरोपितहरु भागेर जाजरकोट पुगेका थिए । जाजरकोटस्थित घरबाटै उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।