close

झापामा एउटै रुखमा झुन्डिएर ३ जनाले गरे आत्महत्या

झापामा एउटै रुखमा झुन्डिएर ३ जनाले गरे आत्महत्या

Trulli
ADVERTISEMENT

झापा । कचनकवल गाउँपालिकामा तीन किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । कचनकवल गाउँपालिका–५ स्थित पाठामारीको बेल्ले गाउँस्थित सुनकोसी चिया बगानमा उनीहरू झुण्डिएको अवस्थामा फेला परेका हुन् । 

कचनकवल गाउँपालिका वडा मोहम्मद नुर आलमका अनुसार गाई बाँध्ने दाम्लो, प्लाष्टिकको डोरी र गम्छा प्रयोग गरी तीन किशोरीले बयरको रुखमा झुन्डिएर सामूहिक आत्महत्या गरेका हुन् । शनिबार साढे १२ बजे घरबाट निस्केका नफर्केपछि खोजी गर्ने क्रममा उनी मृतावस्थमा भेटिएको वडाध्यक्ष आलमले पालिका खबरलाई बताए । 

दुई जना एउटै हाँगामा र अर्की अर्को हाँगामा झुन्डिएको अवस्थामा फेला परेको बताइएको छ। आत्महत्या गर्नेमा कचनकवल–५ निवासी पञ्चम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र बिरबल गणेशकी १६ वर्षीया छोरी कल्पना रहेको प्रहरीले जनाएको छ।

किशोरीहरू चिया बगानमा काम गर्ने गरेका थिए । प्रहरीले यसबारे थप अनुसन्धान तथा आवश्य कामकारबाही गरिरहेको छ ।