close

श्रीमतीको हत्यापछि श्रीमानको पनि मृत्यु

श्रीमतीको हत्यापछि श्रीमानको पनि मृत्यु

Trulli
ADVERTISEMENT

चितवन । भरतपुर महानगरपालिका–१० रमाइलो चोकमा एक दम्पतीको मृत्यु भएको छ ।

श्रीमतीको हत्या गरी घरको तेस्रो तलाबाट हामफालेर भाग्न खोज्दा श्रीमानको समेत मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आइतबार राति १०:२५ बजेको समयमा स्थानीय ४५ वर्षीय कृष्णप्रसाद आचार्यले घरायसी विवादका कारण ३५ वर्षीया श्रीमती रुश्मा आचार्य घिमिरेलाई धारिलो हतियार प्रयोग गरी गम्भीर घाइते बनाएका थिए ।

श्रीमतीको उपचारका लागि पुरानो मेडिकल कलेजमा लगिएकोमा त्यहाँ चिकित्सकले मृत घोषणा गरेका हुन् ।

रुश्माले मोबाइल हेरिरहेको समयमा पछाडिबाट श्रीमानले धारिलो हतियार प्रहार गरेका थिए ।

श्रीमतीलाई आक्रमणपछि घरको तेस्रो तलाबाट भाग्न खोज्दा हामफालेका कृष्णप्रसादको उपचारको क्रममा राति नै चितवन मेडिकल कलेज लगिएकोमा मृत्यु भएको प्रहरीले जनाएको छ । कृष्णले छतबाट हामफालेर आत्महत्याको प्रयास गरेको पनि हुनसक्ने प्रहरीको अनुमान छ ।

घरायसी झगडाका कारण घरको तेस्रो तल्लाको बैठक कोठामा श्रीमानले श्रीमतीलाई धारिलो हतियार प्रयोग गरेको प्रहरीले जनाएको छ ।