close

मेलौली नगरपालिका-१ का वडाध्यक्ष कारागार चलान

मेलौली नगरपालिका-१ का वडाध्यक्ष कारागार चलान

Trulli
ADVERTISEMENT

बैतडी । बलात्कारको आरोपमा बैतडीको मेलौली नगरपालिका-१ का वडाध्यक्ष शरदसिंह नेगीलाई कारागार चलान गरिएको छ । 

जिल्ला अदालत बैतडीका न्यायाधीश तिलकबहादुर कार्कीको एकल इजलासले नेगीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।  २८ वर्षीया महिलालाई गत २०७८ चैत्र १५ गते बलात्कार गरेको आरोपमा वडाध्यक्ष नेगीसँगै  सोही ठाउँका केशवसिंह नेगीलाई असार १४ गते पक्राउ गरिएको थियो ।

वडाअध्यक्ष नेगीसँगै  सोही ठाउँका केशवसिंहलाई पनि पुर्पक्षका लागि  कारागार चलान गरिएको बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।