close

९० लाख बराबरको सामान बरामद

९० लाख बराबरको सामान बरामद

Trulli
फाइल फोटो
ADVERTISEMENT

पर्सा । वीरगञ्जबाट ९० लाख बरावरको विभिन्न मालसामान बोकेको एउटा ट्रकलाई सशस्त्र प्रहरीको टोलीले कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ । 

बिल बिजकभन्दा फरक भएको विद्युतीय सामान, औषधिलगायत सामान बोकेको ना ६ ख ९९०५ नम्बरको ट्रकलाई कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्साका सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए । 

विषेश सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका–१४ स्थित गण्डक चोकबाट नियन्त्रणमा लिएर ट्रक र मालसमानको ९० लाख ७५ हजार ४१६ बराबरको मुल्याङ्कन गरी कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको हो ।