close

छुरा प्रहार गरी लुटियो, पाँच लाख

छुरा प्रहार गरी लुटियो, पाँच लाख

Trulli
ADVERTISEMENT

काठमाडौं । महोत्तरीको गौशाला–सम्सी सडकखण्डमा छुरा प्रहार गरी एक व्यापारीको पाँच लाख लुटिएको छ ।

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रका अनुसार जिल्लाको रामगोपालपुर नगरपालिका–७ सहसौला बस्ने ३५ वर्षीय अरुणकुमार चौधरीमाथि अज्ञात समूहले छुरा प्रहार गरी उनको साथमा रहेको पाँच लाख लुटिएको हो । 

आफ्नै गाउँमा वैष्णवी मनी ट्रान्सफर सञ्चालन गर्दै आएका अरुण शुक्रबार गौशालाबाट रकम बोकी प्र२–०२–००४प ३३४७ नंको मोटरसाइकलमा घर जाँदै गर्दा मोटरसाइकलमा आएका तीन जनाको समूहले रकम लुटेको थियो । अरुणको मोटरसाइकल रोकी निजको तिघ्रामा छुराले हानेर घाइते बनाई रकम लुटेर सो समूह भागेको थियो ।

प्रहरीका अनुसार छुरा प्रहारबाट घाइते भएका अरुणको गौशालास्थित पोलिक्लिनिकमा उपचार भइरहेको र लुटेराहरूको खोजतलास भइरहेको छ ।