close

लागूऔषधसहित श्रीमान्-श्रीमती  पक्राउ

लागूऔषधसहित श्रीमान्-श्रीमती  पक्राउ

Trulli
ADVERTISEMENT

सुर्खेत । लागूऔषध ब्राउन सुगरसहित सुर्खेत वीरेन्द्रनगरबाट एक दम्पतीसहित चार पक्राउ परेका छन् ।

कर्णाली प्रदेश प्रहरी लागूऔषध ब्यूरो शाखा, जिल्ला प्रहरी र नगर प्रहरी सुर्खेतबाट खटिई गएको संयुक्त प्रहरीले टोलीले आइतबार  वीरेन्द्रनगर नगपालिका–४ सुर्खेत समावेशी टोलबाट ३७ वर्षीय लल्लु भन्ने किरण गिरी र उनको श्रीमती २६ वर्षीया सरला शाहीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए । 

विशेष सूचनाको आधारमा त्यहाँ पुगेको प्रहरीले चेक गर्दा घरको कोठाका विभिन्न ठाउँमा लुकाइछिपाइ राखेको अवस्थामा लागूऔषध ब्राउन सुगरजस्तो देखिने ४७ ग्राम ६२० मिलिग्राम फेला पारी बरामद गरिएको उनले बताए । लागूऔषधसहित २६ हजार ३०० बरामद गरी उक्त दम्पतीलाई नियन्त्रण लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जनाए ।