close

फेसबुक अकाउन्ट ह्याक गरेको आरोपमा ३ जना पक्राउ

फेसबुक अकाउन्ट ह्याक गरेको आरोपमा ३ जना पक्राउ

Trulli
ADVERTISEMENT

झापा । फेसबुक अकाउन्ट ह्याक गरेर ठगी गरेको आरोपमा प्रहरीले झापाको भद्रपुरबाट ३ जनालाई पक्राउ गरेको छ । 
पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका–६ घर भएका १९ वर्षका आशिष विष्ट, १९ वर्षीय प्रवीण राजवंशी र १८ वर्षका भावेश राजवंशी छन् ।

सुनसरीको इटहरी उप–महानगरपालिका वडा नम्बर–२ बस्ने डिल्लीबहादुर राउतको अकाउन्ट ह्याक गरेर उनीहरूले रकम ठगेको अनुसन्धानबाट थाहा भएको छ ।

म्यासेन्जर दुरुपयोग गरेर आरोपीहरुले इसेवा आईडीमा रकम पठाउन आग्रह गरेर ठग्ने गरेका थिए । भदौ १ मा झापाको भद्रपुरबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय सुनसरीले उनीहरुबारे अनुसन्धान गरिरहको छ । 

फेसबुकको पासवर्ड चोरी गरेर आरोपीहरुले बिरामी भएको बहना बनाएर रकम माग्ने गरेका थिए । उनीहरुले अहिलेसम्म २५ वटा अकाउन्ट ह्याक गरेर २ लाखभन्दा बढी रकम ठगेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।