close

२४ बुक ताससहित ८ जना पक्राउ

२४ बुक ताससहित ८ जना पक्राउ

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ काँडाघारी सूर्यमुखी चोकबाट जुवातास खेलिरहेका ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

काभ्रे नमोबुद्ध नगरपालिका-९ घर भएका ४९ वर्षीय सन्तसिंह लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा लामा समेत ८ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । 

प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७८ हजार ५४० रूपैयाँ र २४ बुक ताससहित फेला पारी पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।