close

सन्दीपलाई थप दुई दिन थुनामा राख्न अनुमति

सन्दीपलाई थप दुई दिन थुनामा राख्न अनुमति

Trulli
ADVERTISEMENT

काठमाडौं ।  काठमाडौं जिल्ला अदालतले  बलात्कार आरोप लागेका सन्दीप लामिछानेलाई थप दुई दिन थुनामा राख्न अनुमति दिएको छ ।  यसअघि थप अनुसन्धानका लागि भन्दै थप गरेको चार दिन सकिएपछि अदालतले आज उनलाई थप दुई दिन अनुसन्धानमा राख्न अनुमति दिएको हो । 

यसअघि जिल्ला अदालत काठमाडौंले असोज २४ गते २० गतेबाट गणना हुने गरी ७ दिनको म्याद दिएको थियो । त्यसपछि असोज ७ गते दोस्रो पटक पुनः ७ दिन म्याद थप गरेको थियो । कात्तिक २ गते थप चार दिनको म्याद अदालतले प्रहरीलाई दिएको थियो ।

गत भदौ २१ मा एक नाबालिगले लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् । उनको उजरीमा सन्दीपले आफूलाई भदौ ५ गते गाडीमा राखेर नगरकोट पुर्याएको र सोही दिन राति तिलगंगाको एक होटलमा राखेर बलात्कार गरेको उल्लेख छ ।