close

चितवन मेडिकल कलेजको गेटमा शंकास्पद वस्तु

चितवन मेडिकल कलेजको गेटमा शंकास्पद वस्तु

Trulli
ADVERTISEMENT

काठमाडौं । चितवन मेडिकल कलेजको गेटअगाडि एक शंकास्पद वस्तु भेटिएको छ । 

अस्पतालको मूल गेटको अगाडि बोतलमा तारहरू बाहिर देखिएको एक शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितले बताए । 
उनका अनुसार अहिले  सीसीटीभी फुटेज निकालेर हेर्ने प्रयास भइरहेको छ  । शंकास्पद वस्तु भेटिएपछि पूर्वपश्चिम जाने सवारी साधनलाई डाइभर्ट गरेर पठाइएको प्रहरीले जनाएको छ ।

त्यहाँ राखिएको वस्तु के हो भन्ने थाहा हुन सकेको छैन । डिस्पोजका लागि नेपाली सेनाको टोली बोलाइएको छ । शंकास्पद वस्तु भेटिएपछि अस्पताल क्षेत्र त्रास पैदा भएको छ ।