close

लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका हुन् । 

नाबालिग बलात्कार आयोगमा लामिछानेको मुद्दामा थुनछेक बहस सकिएसँगै न्यायाधीशले आदेश सुनाएका हुन् । सोमबार काठमाडौं जिल्ला अदालतमा दर्ता भएको क्रिकेटर लामिछाने विरुद्धको जबर्जस्ती करणीको मुद्दामा मंगलबारबाट बयान सुरु भएको थियो ।

१७ वर्षीय एक किशोरीले सन्दीपविरुद्ध बलात्कार आरोपमा गदौ २२ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।