close

हत्या आरोपमा वर्तमान र निवर्तमान वडाध्यक्ष पक्राउ

हत्या आरोपमा वर्तमान र निवर्तमान वडाध्यक्ष पक्राउ

Trulli
ADVERTISEMENT

धनगढी । दार्चुलामा एक पुरुषको हत्या आरोपमा दुई वडाअध्यक्ष पक्राउ परेका छन् । जिल्लाको व्यास गाउँपालिका–४ डोकटका ४० वर्षीय नरसिंह विष्टको हत्या प्रकरणको अनुसन्धानमा वर्तमान र निवर्तमान दुई वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको हो ।

मङ्सिर ३ गते रातिदेखि बेपत्ता भएका विष्ट भोलपिल्ट हत्या गरिएको अवस्थामा फेला परेका थिए । घटनामा अनुसन्धानका क्रममा गाउँपालिकाका वडाध्यक्ष झुनसिंह विष्ट, पूर्व वडाध्यक्ष संग्रामसिंह विष्ट सहित तीन जनालाई प्रहरिले प्रकाउ गरेको छ । 

बुधबार उनीहरूलाई नियन्त्रणमा लिई सोधपुछका लागि ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । ४० वर्षीय विष्ट मङ्सिर ४ गते घरभन्दा अलि टाढा खोल्सामा मृत अवस्थामा फेला परेका थिए ।

विष्टको शरीरमा चोटपटक लागेको थियो । जिल्ला सदरमुकाम खलंगाको महाकाली नगरपालिका–४ स्थित होटेल चलाउँदै आएका विष्ट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्न मङ्सिर ३ गते दिउँसो खलङ्गाबाट घर गएका थिए ।