close

कपडा चोरीको आरोपमा पाँच भारतीयसहित दुई नेपाली पक्राउ

कपडा चोरीको आरोपमा पाँच भारतीयसहित दुई नेपाली पक्राउ

Trulli
ADVERTISEMENT

काठमाडौं— बाँके जिल्लाको डुडुवा गाउँपालिका ६ मुन्सीपुर्वाबाट करीव ९ लाख ९५ हजार रुपैयाँ बराबरको लत्ताकपडासहित सशस्त्र प्रहरीले आज पाँच जनालाई नियन्त्रणमा लिएको छ । भारत घर बताउने ३५ वर्षिय सिता प्रसाद कौली, २६ वर्षिय गुडु यादव, २४ वर्षिय राजेन्द्र कौली, २७ वर्षिय खर्मन पठान र २४ वर्षिय गुड्डुप कसिफ पक्राउ परेका छन् ।

यूपी ४० एक्स ९२२७ नम्बरको भारतीय मोटरसाईकल र पाँच वटा साईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा ४ सय १५ थान सुट, ७५ थान तन्ना र ९ सय ४० थान सुज कभरसहित उनीहरुलाई बिओपी कालाबन्जार बाँकेले नियन्त्रणमा लिएको हो । मोटरसाईकल चालक भने फरार रहेको सशस्त्र प्रहरीले जनाएको छ । 

नियन्त्रणमा लिएकाहरुलाई सशस्त्र प्रहरीले बरामद लत्ताकपडा तथा मोटरसाईकल र साईकलसहित आवश्यक कारवाहीको लागि नेपालगञ्ज भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाईएको छ ।

त्यस्तै, रौतहटको यमुनामाई गाउँपालिका ५ ईद्रिसबाट हिजो सशस्त्र प्रहरीले करीव २१ लाख ६४ हजार रुपैयाँ बराबरको लत्ताकपडा र यात्रुवाहक बससहित दुई जनालाई नियन्त्रणमा लिएको छ । धादिङ्गको बेनिघाट रोलाङ्ग गाउँपालिका २ बस्ने २७ वर्षीय राजकुमार लामा र रौतहट बृन्दावन नगरपालिका ७ बस्ने २१ वर्षीय मिराज अन्सारीलाई सुरक्षा वेश फतुहाले नियन्त्रणमा लिएको हो । गौरबाट काठमाडौंतर्फ आउँदै गरेको ना ४ ख ५१४४ नम्बरको यात्रुवाहक बसमा फल्स बटम बनाई लुकाई छिपाई ल्याउँदै गरेको लत्ताकपडासहित उनीहरुलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरलिे जनाएको छ ।