close

धरानका उपमेयरको घर पसेर तोडफोड गर्ने व्यक्ति पक्राउ

धरानका उपमेयरको घर पसेर तोडफोड गर्ने व्यक्ति पक्राउ

Trulli
ADVERTISEMENT

सुनसरी - धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाको घरमा पसेर उनका भाइमाथि आक्रमण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । धरान–१५ स्थित बेघाको घरमा भएको तोडफोड हुनुका साथै कान्छा भाइ विष्णुमाथि आक्रमण भएको थियो।

विष्णुको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।