close

६१ किलो सुन प्रकरण : ५० जना प्रतिवादी, थप ३०२ किलो सुन तस्करी

६१ किलो सुन प्रकरण : ५० जना प्रतिवादी, थप ३०२ किलो सुन तस्करी

Trulli
ADVERTISEMENT

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ब्रेक सुबाट ३०२ किलो सुन तस्करी भएको निष्कर्ष निकालेको छ ।

६० किलो ७१६ ग्राम सुन प्रकरणको अनुसन्धान सकेर बुधबार सरकारी वकिललाई प्रतिवेदन बुझाउने तयारी गरेको सिआइबीले चिनियाँ समूहले ब्रेक सुबाट थप ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको हो । 

प्रतिवेदन बुझाउनुअघि आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरेको सिआइबीले अन्य सामानमा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न बाँकी रहेको जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँच पास भएर बाहिरिएको ६० किलो ७१६ ग्राम सुन गत गत २ साउनमा आन्तरिक राजश्व विभागले बरामद गरेको थियो । 

त्यस्तै, सिआइबीले सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएर आफ्नो अनुसन्धान प्रतिवेदन बुझाउने भएको छ । ५० जना प्रतिवादीमध्ये ३२ जना पक्राउ परेका सिआइबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले जानकारी दिइन् । 

उनका अनुसार पक्राउ परेका ३२ जनामध्ये २३ जना नेपाली र ९ जना विदेशी प्रतिवादी छन् । यसैगरी फरार रहेका १८ जना प्रतिवादीमध्ये ४ जना नेपाली र १४ जना विदेशी रहेका एआईजी आचार्यले जानकारी दिइन् ।