close

हाकिम कुट्ने वडाअध्यक्ष र उपमेयर पक्राउ, घाइते हाकिमकाे थप उपचारका लागि धनगढी लगियाे

कुटपिट भएसँगै पालिकाको सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरीएको छ

हाकिम कुट्ने वडाअध्यक्ष र उपमेयर पक्राउ, घाइते हाकिमकाे थप उपचारका लागि धनगढी लगियाे

कुटपिट भएसँगै पालिकाको सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरीएको छ

Trulli
ADVERTISEMENT

डडेल्धुरा- परशुराम नगरपालिकाका उपमेयर र दुई जना वडाध्यक्ष पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार कार्यपालिका बैठकमै निमित्त प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

कार्यपालिका बैठकमै निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट भएको थियो । सोही घटनामा ठाडो निवेदन परेपछि नगरपालिकाका उपमेयर विमला कुमारी बोहरा, ७ नम्बर वडाका वडाध्यक्ष कर्णबहादुर धामी र वडा नम्बर १ का वडाध्यक्ष लालबहादुर धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी दिपक कार्कीले जानकारी दिए ।

तीनै जनालाई पक्राउ गरि थप अनुसन्धान थालिएको डिएसपी कार्कीले बताए । पक्राउ परेका उपमेयरदेखि वडाध्यक्षसम्म तीनै जना माओवादी केन्द्रबाट निर्वाचीत हुन् । 

डडेल्धुराको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमा वडा अध्यक्षको कुर्ची प्रहारबाट घाईते भएका प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीलाई थप उपचारका लागि  धनगढी लगिएको छ । प्रमुख प्रशासकीय अधिकृत माथि कुटपिट भएसँगै पालिकाको सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरीएको छ । नगरपालिकामा कार्यरत कर्मचारीहरुले उक्त घटनाको बिरोधमा कार्यालय बन्द गरेका हुन् ।

कुर्सी प्रहारबाट जोशीको टाउकोमा चोट लागेको छ । उनलाई जोगबुढा अस्पतालमा उपचार गराईएको थियो उनको टाउकोमा ३ वटा टाका लगाईएको घभने अवस्था जटील बनेपछि थप उपचारका लागि धनगढी लगिएको हो ।