close

मुसहर समुदायका किशोरीलाई बाँडियो प्रमाणपत्र   

मुसहर समुदायका किशोरीलाई बाँडियो प्रमाणपत्र   

Trulli
ADVERTISEMENT

सप्तरी– सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर ६ रञ्जितपुरमा आयोति अनौपचारिक शिक्षा कार्यक्रममा सहभागी मुसहर समुदायका किशोरीलाई प्रमाणपत्र वितरण गरिएको छ ।


युकेएड र स्ट्रिट चाइल्ड अफ नेपालको आर्थिक सहयोगमा सञ्चालित मार्टिना लाइन्ड नोभारे परियोजनाअन्तर्गत अनौपचारिक शिक्षा कार्यक्रम, जीवनोपयोगी शिक्षा र सीपअन्तर्गत विष्णुपुर गाउँपालिका वडा नम्बर ६ गोरग रञ्जितपुरका मुसहर समुदायका किशोरीलाई प्रमाणपत्र वितरण गरिएको हो ।


अनौपचारिक शिक्षा केन्द्रकी अध्यक्ष शिवकुमारी सदाको अध्यक्षता तथा वडाध्यक्ष बहादुर सदा सहभागी कार्यक्रममा विष्णुपुर पालिकाका शिक्षा शाखा संयोजक नामेन्दनाथ यादव, वडा सदस्य गीता सदा, रामकुमार राय, आसमान नेपाल एमएनएम कार्यक्रमकी सामुदायिक शिक्षक शान्ताकुमारी सिंह, साहस नेपालकी कविता सेन्चुरी, अनुप माझीलगायतले पछिल्लो समय यो कार्यक्रमले सामुदायमा पछाडि पारिएका मुसहर सामुदायका किशोरीको शिक्षामा पहुँच बढ्न थालेको बताए ।


शिक्षा कार्यक्रममा सहभागी २८ मुसहर समुदायका किशोरीलाई प्रमाणपत्र वितरण गरिएको सामुदायिक शिक्षक शान्ताकुमारी सिंहले जानकारी दिइन् ।