close

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छानिए सुनसरीमा ६७ विद्यालय

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छानिए सुनसरीमा ६७ विद्यालय

Trulli
ADVERTISEMENT

सुनसरी–राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत सुनसरीका ६७ विद्यालय छनोछ भएका छन् । आर्थिक वर्ष ०७८÷७९ मा कार्यक्रमअन्तर्गत कक्षा कोठा निर्माण, सूचना प्रविधि, कक्षा सञ्चालन र प्रयोगशाला स्थापनाका लागि जिल्लाका १२ पालिकाबाट ६७ विद्यालय छनोटमा परेका हुन् ।

 

छनोटमा परेका २१ विद्यालयमा चारकोठे भवन, २७ विद्यालयमा आइसिटी कक्षा सञ्चालन, तीन विद्यालयमा ल्याब स्थापना, १६ विद्यालयमा दुई कोठे भवन निर्माणका लागि १२ करोड ४९ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन भएको छ ।

 

आइसिटी कक्षा सञ्चालका लागि प्रतिविद्यालय ६ लाख ५० हजार, ल्याबका लागि १० लाख, दुई कोठे कक्षाकोठा निर्माण गर्न १८ लाख र चार कोठे कक्षाकोठाका लागि ३६ लाख रुपैयाँ विनियोजन गरिएको छ । छनोटमा परेका धरान उपमहानगरका १३ विद्यालयमध्ये चार कोठे भवन निर्माणका लागि ८ विद्यालय, आइसिटी कक्षा सञ्चालन गर्न चार विद्यालय र ल्याब स्थापनाका लागि एक विद्यालय छनोट भएका छन् । 

 


इटहरीका ७ विद्यालयमध्ये चार कोठे भवन निर्माणका लागि एक, दुई कोठे भवन निमार्णका लागि दुई र आइसिटी कक्षा सञ्चालनका लागि चार विद्यालय छनोटमा परेका छन् ।

 

वराहक्षेत्रका आठ विद्यालयमध्ये चार कोठे भवन निर्माणका लागि दुई, दुई कोठे भवन निर्माणका लागि तीन र आइसिटी कक्षा सञ्चालनका लागि ३ विद्यालय छनोटमा परेका छन् । रामधुनीका पाँच विद्यालयमध्ये चार कोठे भवन निर्माणका लागि एक, दुईकोठे भवन निर्माणका लागि एक र आइसिटी कक्षा सञ्चालनका लागि तीन विद्यालय छनोटमा परेका छन् ।