close

वडा कार्यालयको भवन विद्यालयलाई हस्तान्तरण गर्दै आबुखैरेनी

वडा कार्यालयको भवन विद्यालयलाई हस्तान्तरण गर्दै आबुखैरेनी

Trulli
ADVERTISEMENT

तनहुँ । आबुखैरेनी गाउँपालिकाले वडा कार्यालयको भवन विद्यालयलाई हस्तान्तरण गर्ने भएको छ । आइतबार दिउँसो बसेको कार्यापालिका बैठकले वडा नम्बर ५ को भवन विद्यालयलाई हस्तारन्तरण गर्ने निर्णय गरेको हो । 

गाउँपालिकाको अनुसार वडा कार्यालयको भवन सोही वडामा सञ्चालित इन्द्रदेवी आधारभूत विद्यालयलाई हस्तान्तरण गर्न लागेको हो । विद्यालयको भवन जीर्ण हुनुका साथै खेलमैदानको अभाव भएकोले सो निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले पालिकाखबरलाई बताए । 

उनका अनुसार गाउँपालिकाको शैक्षिक सुधार सुधार कार्यक्रम अन्तर्गत सुविधा सम्पन्न भवनमा विद्यालय सार्न लागेको हो । आगामी शैक्षिक सत्र लागू भएसँगै भवन हस्तान्तरण गरेर विद्यालय सञ्चालन हुने उनले बताए । 

उनका अनुसार विद्यालयमा भवनमा वडा कार्यालयको सेवा विस्तार गर्ने बताए ।