close

जीवन चलाउने क्षमताका लागि शिक्षामा सिप

जीवन चलाउने क्षमताका लागि शिक्षामा सिप

Trulli
ADVERTISEMENT

काठमाडौं। काठमाडौं महानगरपालिकाले प्रत्येक शुक्रबार विद्यालयमा बुक फ्रि डे कार्यक्रम सञ्चालन गरिरहेको छ। यसै अन्तर्गत भानु माध्यमिक विद्यालय (दरबार हाई स्कूल) मा आज शुक्रवार सञ्चालन हुने ‘शिक्षामा सिप’ अन्तर्गत मोबाइल र विद्युतीय सामान, घरमा तार र बिजुली जडान (वायरिङ एण्ड इलेक्ट्रिकल) लगायत कार्यक्रम सञ्चालन भइरहेको थियो। महानगरपालिकाको टोलीले अनुगमन गर्ने क्रममा उक्त कार्यक्रम सञ्चालन भइरहेको पाइएको जनाएको हो। 

कागजको प्रयोगबाट विद्यार्थीहरूले चराको मोडेल (नमूना) निर्माण गर्दै विभिन्न प्रजातिको  चरा चिन्न सक्ने र भन्न सक्ने सिप सिकिरहेका थिए।  ‘बुक फ्रि डे’ कार्यक्रमअन्तर्गत  प्राथमिक तहको  कक्षा ४ का ३६ जना विद्यार्थी ९  समूहमा चराको नमूना चित्र हेरी कोलाजमा अभ्यास गर्दै थिए। कोलाजद्वारा एउटा चराको नमुना निमार्ण गर्न करिब ९० मिनेट समय लागेको थियो। 

त्यस क्रममा विद्यार्थीहरूको सहभागिता उत्साह जनक रहेको पाइएको महानगरले जनाएको छ। उनीहरु आ–आफ्नो समूहमा आफूले देखेका चराहरूको नाम, आकार र रङ्गका बारेमा छलफल चरा चिन्ने ज्ञान अभ्यास गर्दै थिए। कार्यक्रमका लागि महानगरले अघिल्लो हप्ता नै शिक्षकहरूलाई तालिम दिएको थियो। 

कोटेश्वरमा रहेको सरस्वती माध्यामिक विद्यालयमा कृषि तथा सहरी खेती, फेसन डिजाइन तथा कपडा निर्माण बारे तालिम सञ्चालन भइरहेका छन्। कृषि तथा सहरी खेतीको बारेमा तालिम लिने विद्यार्थीहरू यो शुक्रवार स्थलगत नर्सरी अवलोकनको लागि गएका थिए। विद्यालयमा ६ कक्षामा अध्ययनरत विद्यार्थीहरू नेपाल भाषाकव प्रशिक्षकहरूसँग बालाजु गए। बिद्यालयमा बुक फ्रि डे अन्तर्गत निबन्ध लेखन, हस्तकला लेखन प्रतियोगिता भयो। विद्यालयमा १ बजेको पछि कक्षा ३ सम्मका विद्यार्थी फन, प्ले एण्ड लर्न अन्तर्गत विभिन्न कार्यक्रममा सहभागी भए। 

कक्षा १० मा बालबालिकाको खाना छनोटले पोषणमा पर्ने प्रभावको बारेमा डाक्टर स्तुती मानन्धरले जानकारीमूलक कार्यक्रम सञ्चालन गरेकी थिइन्।  विद्यालयले शुक्रबारलाई  तालिका र योजनामा चलाइरहेको छ। सचिवालयका साथीहरू विभिन्न विद्यालयमा अनुगमनको लागि गएका थिए। 

पहिलो चरणमा शिक्षामा सिप कार्यक्रम समापनको क्रममा छ। शिक्षामा सिप कार्यक्रमको बारेमा विद्यार्थीहरू सँग अन्तरक्रिया गर्दा कक्षा कोठामा पढाइने विभिन्न साध्य (सिद्धान्त) हरुको उपयोगिता थाहा पाएको, आफूमा व्यावहारिक ज्ञानले गर्दा  आत्मविश्वास बढेको सँग सँगै भविष्यमा विभिन्न करियरका विकल्पहरूको बारेमा अवगत भएको जनाए।

काठमाडौं महानगरपालिकाले विद्यार्थीहरुको शारीरिक, मानसिक, सामाजिक र नैतिक विकासबाट प्रतिस्पर्धी जनशक्ति उत्पादनमा काम गरिरहेको छ। यसका लागि पाठ्यक्रम आधार हो, सिकाइ सामग्री आफैँ तयार पार्ने शिक्षण विधि प्रयोग गर्ने महानगरले जनाएको छ। 

तस्बीरहरु:


तस्बीर: काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको सामाजिक सञ्जालबाट