close

कक्षा ११ को शुल्क पेश गर्न महानगरको निर्देशन

कक्षा ११ को शुल्क पेश गर्न महानगरको निर्देशन

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयको शुल्क प्रस्ताव पेश गर्न निर्देशन दिएको छ । महानगरपालिकाले सोमबार एक सूचना जारी गर्दै प्रस्ताव पेश गर्न निर्देशन दिएको हो ।

सूचनाका अनुसार महानगरपालिका अन्तर्गत सञ्चालित सबै संस्थागत विद्यालयको शैक्षिक सत्र २०८०/०८१ मा कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरुसँग केके शिर्षकमा कति शुल्क लिने हो सो पेश गर्न निर्देशन दिएको हो । काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ को दफा २७ को (९) बमोजिमको विद्यालय व्यवस्थपन समितिको निर्णय बमोजिमको शुल्क पेश गर्नुपर्ने सो सूचनामा उल्लेख गरिएको छ । 

असार मसान्तसम्म शुल्क प्रस्ताव पेश गर्नु पर्ने महानगरपालिकाले जनाएको छ ।