close

उत्कृष्ट विद्यार्थीलाई म्यागङको सम्मान

उत्कृष्ट विद्यार्थीलाई म्यागङको सम्मान

Trulli
ADVERTISEMENT

नुवाकोट- म्यागङ गाउँपालिकाले आधारभूत तथा माध्यमिक तहका विद्यार्थीलाई सम्मान गरेको छ । गाउँपालिकाले बिहिबार एक कार्यक्रम आयोजना गरी उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको हो । 

गाउँपालिका अन्तर्गतका शिक्षा क्षेत्रलाई गुणस्तर एवम् विद्यार्थीहरुलाई प्रोत्सहानको लागि २०७९ सालको कक्षा १० को एसईई परिक्षा र कक्षा ८ को आधारभूत तह स्तरीय परिक्षामा उत्कृष्ट बिद्यार्थीहरुलाई सम्मान गरेको हो । 

एसईईमा सर्व उत्कृष्ट अंकसहित उत्तीर्ण भएका दुई जनालाई २० हजारका दरले नगद पुरस्कार, सम्मान प्रमाणपत्र तथा दोसल्ला ओडाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।  उत्कृष्ट ६ जनालाई १० हजारका दरले नगद पुरस्कार, सम्मान प्रमाणपत्र तथा दोसल्ला ओडाई सम्मान गरेको जनाएको छ । 

कक्षा ८ को आधारभूत तह स्तरीय परिक्षामा सर्वउत्कृष्ट बिद्यार्थी १ जनालाई १० हजारका दरले नगद पुरस्कार, सम्मान प्रमाणपत्र तथा दोसल्ला ओडाई सम्मान गरियो र उत्कृष्ट २ जनालाई ५ हजारका दरले नगद पुरस्कार, सम्मान प्रमाणपत्र तथा दोसल्ला ओडाई सम्मान गरेको जनाएको छ ।