close

भक्तपुरले गर्यो ७० लाख बराबरको छात्रवृत्ति वितरण

भक्तपुरले गर्यो ७० लाख बराबरको छात्रवृत्ति वितरण

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुर नगरपालिकाले कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । छात्रावृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरुको छात्रवृत्ति छनोट परीक्षा लिएर उत्तीर्ण विद्यार्थी भएका विद्यार्थीहरुलाई शनिबार एक कार्यक्रमबीच नगरपालिकाले छात्रवृत्ति सिफारिस पत्र वितरण गरेको छ । 

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले छात्रवृत्ति छनोट परीक्षामा उत्तीर्ण १२७ जना विद्यार्थीहरुलाई रु. ७० लाख बराबरको छात्रवृत्ति सिफारिस पत्र प्रदान गरेका छन् ।

कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले विद्यार्थीहरूलाई आफ्नो योग्यता र क्षमताअनुसारको विषय छनोट गरेर उच्च शिक्षा हासिल गरी देश र जनताको सेवामा समर्पित भएर लाग्न मार्गनिर्देश गरे ।

उनले नगरपालिकाले विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नुको अर्थ उनीहरुको शैक्षिक विकासमा लगानी गर्नु रहेको बताए । नगरपालिकाले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई भक्तपुरमा उत्कृष्ट कलेजहरु सञ्चालन गरी दक्षता हासिल गर्ने अवसर प्रदान गर्दै आएको उनले बताए । उनले भने, ‘शिक्षालाई व्यापार बनाउनुहुँदैन र मेडिकल क्षेत्रलाई माफिया मुक्त बनाउनुपर्छ,’ उनले भने ।  

छात्रवृत्ति सँगसँगै शैक्षिक ऋणको व्यवस्था गरी विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न नगरपालिकाले मद्दत पुर्याइरहेको उनले बताए । छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीहरुले अनुशासिन र इमानदार ढंगले अध्ययन गरी समाजप्रति उत्तरदायी भूमिका निर्वाह गर्नुपर्ने उनको धारणा छ ।

भक्तपुर नगरपालिकालेले शैक्षिक वर्ष २०८०/८१ को लागि व्यवस्थापन संकायतर्फ ६७ जना, विज्ञानतर्फ ३८ जना, मानविकीतर्फ १० जना शिक्षातर्फ ६ जना र कानुनतर्फ ६ गरी जम्मा १२७ जना विद्यार्थीहरुलाई छात्रवृत्ति सिफारिस पत्र वितरण गरेको छ ।