close

खिजीदेम्वाका ३७ योजनामा ३ सयलाई रोजगारी

खिजीदेम्वाका ३७ योजनामा ३ सयलाई रोजगारी

Trulli
ADVERTISEMENT

ओखलढुंगा– ओखलढुंगाको खिजीदेम्वा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ३७ योजनामा ३ सयले रोजगारी पाएका छन् ।


प्रत्येक वडाबाट ४ वटाका दरले ९ वडाका ३६ र एक थप गरी ३७ वटा योजना छनोट भएका छन् । तीमध्ये ३६ वटा सडक मर्मत र सफाइ तथा १ वटा नयाँ निर्माणको योजना रहेको गाउँपालिकाका रोजगार संयोजक सूर्यप्रकाश सुनुवारले जानकारी दिए ।

 
वडा–वडाबाट छनोट भएका योजनामा पहिलो चरणमा सय दिनको रोजगारी ३ सय जनालाई दिइने गाउँपालिकाले जनाएको छ ।  गाउँपालिकाका सबै वडामा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन भएको छ ।  यो कार्यक्रमका लागि ७७ लाख रुपैयाँ बजेट निकासा भएको छ ।

 

कार्यक्रम कार्यान्वयन कार्यविधि र बजेट संघीय सरकारले उपलब्ध गराएको छ । कार्यक्रमको पारिश्रमिक भने अति न्यून भएको स्थानीय सरकारको गुनासो छ ।


प्रधानमन्त्री रोजगार कार्यक्रममा छनोट भएका व्यक्तिले सय दिन काम गर्न पाउने र प्रतिदिन प्रतिव्यक्ति पारिश्रमिक ५ सय १७ रुपैयाँ तोकिएको छ । पारिश्रमिक कम हुँदा स्थानीय आकर्षण कम भए पनि रोजगारै पाउन मुस्किल व्यक्तिका लागि भने राहत हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास पौडेलले बताए ।


ग्रामीण सडक मर्मतका लागि यो कार्यक्रम प्रभावकारी हुने गरेको छ । जनशक्ति सही परिचालन र व्यवस्थापन भए रोजगारी पनि हुने, सडक मर्मत र सफाइ पनि हुने हुँदा विकासका काममा यसले टेवा पु¥याएको सरोकारवालाको बुझाइ छ ।


स्थानीय जनशक्ति परिचालन गरेर सडक मर्मत तथा सफाइ गर्ने काम सञ्चालन गर्दा रोजगारी सिर्जना हुने र श्रमशक्ति गाउँमै खपत हुँदै आएको छ ।

 

रोजगारीका लागी भारत तथा खाडी मुलुक जाने युवा शक्तिलाई नियमित रोजगार दिए गाउँको विकासमा टेवा पुग्ने र बेरोजगारी समस्या समाधान हुने स्थानीयको विश्वास छ ।