close

मंगलामा करार सेवामा कर्मचारी माग

मंगलामा करार सेवामा कर्मचारी माग

Trulli
ADVERTISEMENT

म्याग्दी । मंगला गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै कृषि स्नातक प्राविधिक पदमा कर्मचारी माग गरेको हो । 

गाउँपालिकाको अनुसार कृषि विज्ञानतर्फ मान्यता प्राप्त विद्यालय तथा शैक्षिक संस्थाबाट कृषि स्नातक तह उत्तिर्ण गरेको व्यक्तिले आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । इच्छुक पुगेका व्यक्तिले आवश्यक कागजातसहित आवेदन दिन गाउँपालिकाले स्थानीयलाई अनुरोध गरेको छ । 

१००० रुपैयाँ दस्तुर तिरी फागुन १५ गतेभित्र गाउँपालिकाको कार्यपालिकामा आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ ।