close

पञ्चेश्वरीमा २ जना कर्मचारी माग

पञ्चेश्वरीमा २ जना कर्मचारी माग

Trulli
ADVERTISEMENT

बैतडी । पञ्चेश्वर गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै करार सेवामा दुई जना कर्मचारी माग गरेको हो । 

गाउँपालिकाको अनुसार गरिब परिवारको पहिचान र परिचयपत्र वितरणको लागि गुनासो सुनुवाई पदमा करार सेवामा २ जना कर्मचारी माग गरिएको हो । गाउँपालिकाको अनुसार योग्यता पुगेका व्यक्तिले सूचना प्रकासित १५ दिनभित्र आवेदन दिन सक्नेछन् । 

आवश्यक कागजातसहित ४०० रुपैयाँ दस्तुर तिरी आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले पहिलो सूचनाबाट कोही उम्मेदवार उत्तिर्ण नभएपछि सोही पदको लागि पुन आवेदन माग गरेको हो ।