close

अपांगता भएका व्यक्तिलाई रोजगारीको अवसर

अपांगता भएका व्यक्तिलाई रोजगारीको अवसर

Trulli
ADVERTISEMENT

संखुवासभा । धर्मदेवी नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । नगरपालिकाले बिहिबार एक सूचना जारी गर्दै करार सेवामा एक जना कर्मचारी माग गरेको हो । 

नगरपालिकाको अनुसार अपांगता भएका व्यक्तिहरुलाई सम्पूर्ण परामर्श तथा सूचना सेवा प्रदान गर्नको लागि स्थापना गरिने अपांगता सहायता कक्षका लागि कर्मचारी माग गरिएको हो । सूचनाका अनुसार अपांगता भएका व्यक्तिले मात्रै सो पदका लागि दरखास्त दिने पाउँनेछन् । 

इच्छुक व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र ३०० रुपैयाँ दस्तुर तिरी आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । आवेदकहरुबीच खुल्ला प्रतिस्प्रर्धा गराई योग्य व्यक्ति छनोट गरिने सूचनामा उल्लेख गरिएको छ ।