close

उर्लाबारीमा करार सेवामा कर्मचारी माग

उर्लाबारीमा करार सेवामा कर्मचारी माग

Trulli
ADVERTISEMENT

मोरङ । उर्लाबारी नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै करार सेवामा तीन जना कर्मचारी माग गरेको हो । 

राष्टिय भूमी आयोग अन्तर्गतको पालिकास्थित स्थानीय सेवा केन्द्रमा कार्यक्रम अवधिभरका लागि आवश्यक कर्मचारी माग गरिएको हो । नगरपालिकाले सर्भेक्षकमा १ जना र अमिनमा २ जना गरी ३ जना कर्मचारी माग गरेको हो । 

योग्यता पुगेका व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । आवश्यक कागजातसहित ४०० र ३०० रुपैयाँ दस्तुर तिरी आवेदन दिन सक्ने छन् । 

आवेदकहरुबीच लिखित र अन्तर्वार्तामार्फत योग्य व्यक्ति छनौट गरिने सो सूचनामा उल्लेख गरिएको छ ।