close

गोलेन्जाेरमा डेरीको तथ्यांक हेरेर दूधमा अनुदान

गोलेन्जाेरमा डेरीको तथ्यांक हेरेर दूधमा अनुदान

Trulli
ADVERTISEMENT

सिन्धुली– गोलोन्जाेर गाउँपालिकाले पालिकामा रोजगारी सिर्जनाको लागि कृषि र पशु क्षेत्रमा अनुदान दिने नीति लिएको छ । गाउँपालिकाका अध्यक्ष शंकरराज बारालले गाउँपालिकाले किसानलाई प्रोत्साहनको लागि दूधमा अनुदान दिइएको बताए । 

उनले भने, ‘गाउँपालिकाले अघिल्ला वर्षमा दूधमा अनुदान दिँदा अनुदानको दुरुपयोग भएको भन्ने गुनासो आयो । त्यसैले यसपटक अनुगमन गरेर मात्रै अनुदान उपलब्ध गराउने निर्णय गरेका छौँ ।’ दूध बेच्ने किसानलाई डेरीको तथ्यांक हेरेर सोही अनुसारको रकम सहकारीमार्फत उपलब्ध गराउने उनले जानकारी दिए । कृषकहरुको तथ्यांक संकलन र परिचय पत्र वितरण यही आर्थिक वर्षमा सक्ने गाउँपालिकाले जनाएको छ । 

यस्तै गाउँपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका स्थानीयको डाटा संकलनको काम गरिरहेको बताए । ‘डाटा संकलन पछी उहाँहरुको रुची अनुसारको तालिम प्रदान गरेर स्वरोजगार हुनतर्फ उत्प्रेरित गछौँ,’ उनले भने । गाउँपालिकाले व्यवसायभन्दा पनि उत्पादनमा प्रोत्साहन गर्नेगरि कार्यक्रमहरु ल्याएको गाउँपालिका अध्यक्ष बरालले जानकारी दिए ।