close

रत्ननगर नगरपालिकामा ५ जना कार्मचारी माग

रत्ननगर नगरपालिकामा ५ जना कार्मचारी माग

Trulli
ADVERTISEMENT

चितवन – रत्ननगर नगरपालिकाले करार पदमा कर्मचारी माग गरेको छ । नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै ल्याब टेक्निसियन र ल्याब असिस्टेन्ट पदमा ५ जना कर्मचारी माग गरेको हो ।

सहायक पाचौँ तहमा ल्याब टेक्निसियन चार र सहायक चौथो तहमा ल्याब असिस्टेन्ट एक गरी ५ जना कर्मचारी नगरपालिकाले माग गरेको छ । सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन सक्ने सुचनामार्फत नगरपालिकाले जनाएको छ ।

तोकिएको पदमा योग्यता पुगेका इच्छुक नेपाली नागरिकले ५०० रुपैयाँ आवेदन दस्तुर तिरी आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन् ।