close

११ स्थानीय तहमा १३७ जना कर्मचारी आवश्यकता

११ स्थानीय तहमा १३७ जना कर्मचारी आवश्यकता

Trulli
ADVERTISEMENT

स्याङ्जा – भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्याङ्जाले ११ वटा स्थानीय तहकाे लागि १३७ जना कर्मचारी माग गरेकाे छ । केन्द्रले  पशुपन्छिकाे तथ्यांक संकलन गर्नका लागि करार सेवामा गणक माग गरेकाे हाे ।

चालू आर्थिक वर्ष २०८०/०८१ को कार्यक्रममा रहेको स्थानीय तहमा कृषक घरधुरीमा पुगी पशुपन्छिको तथ्याङ्क संकलन गर्न तथा खोप कार्य संचालन गर्न गणकहरुको माग गरिएको केन्द्रले जनाएको छ ।

सूचनाका अनुसार पुतलिबजार नगरपालिकामा २४ जना, भिरकोट नगरपालिकामा ११ जना, वालिङ नगरपालिकामा २४ जना, गल्याङ्क नगरपालिकामा १६ जना, चापाकोट नगरपालिकामा १२ जना, फेदिखोला गाउँपालिकामा ७ जना, आँधिखोला गाउँपालिकामा ८ जना, अर्जुनचौपारी गाउँपालिकामा ७ जना, हरिनास गाउँपालिकामा ८ जना, कालिगण्की गाउँपालिमा ११ जना, बिरुवा गाउँपालिकामा ९ जना गरी जम्मा १३७ जना कर्मचारी माग गरेको छ । 

इच्छुक नेपाली नागरिकले ७ दिनभित्रमा आवश्यक कागजातसहित कार्यालयमा आवेदन दिन सकिने जनाएको छ ।