close

७५ जनालाई १०० दिने रोजगारी

७५ जनालाई १०० दिने रोजगारी

Trulli
ADVERTISEMENT

अर्घाखाँची - छत्रदेव गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा ७५ जना युवालाई रोजगारी दिने भएको छ । गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत बेरोजगार युवालाई रोजगारी दिन लागेको हो । 

गाउँपालिकाका रोजगार सेवा केन्द्रका रोजगार संयोजक सन्तोष भुसालको अनुसार कार्यक्रमबाट ७५ जनालाई १०० दिने रोजगारी दिने छ । सो कार्यक्रम तिहारपछि सुरु हुने उनले पालिकाखबरलाई बताए । कार्यक्रममार्फत पाटी पौवा निर्माण, सहायक सडकको झार सफा गर्ने, कच्ची नाली मर्मत गर्ने, सत्तल तथा पधेँरा निर्माण तथा मर्मत कार्य गरिने उनले सुनाए । 

गाउँपालिकामा बेरोजगारको सूचीमा सूचीकृत भएका व्यक्तिलाई प्राथमिकताको आधारमा रोजगारी दिइने उनको भनाइ छ । गाउँपालिकाले रोजगारीको लागि रणनीति तयार पारी कार्यक्रम सञ्चालन गर्ने उनले बताए । उनका अनुसार गाउँपालिकाले चालु आवमा रोजगारीको लागि बजेट विनियोजन गरेको छैन ।